बजेट पुस्तिकाबिना छलफल गराउन खोजेपछि एमालेको विरोध, प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित
काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि मन्त्रालयगत शीर्षकमा छलफल भइरहेका बेला एमालेका सचेतक महेश बर्तौलाले सभाको कार्यसूचीमाथि प्रश्न उठाए।
उनले उपराष्ट्रपति कार्यालय अन्तर्गतको विनियोजित बजेटमाथि छलफलको कार्यसूची राखिए पनि सो बारेको बजेट पुस्तिका वितरण नगरिएको बारे जानकारी गराए । छुट्टाइएको बजेट शीर्षकबारे सांसदहरूले अध्ययन नै नगरी कसरी छलफल हुन्छ भन्दै सचेतक बर्तौलाले प्रश्न उठाएपछि सभामुखले समयको चापका कारण छिटो बैठक सक्नुपर्ने बाध्यता स्मरण गराए । ।
सभामुखको भनाईपछि बोल्दै बर्तौलाले संसद्मा छलफल हुने विषयमाथि सांसदले अध्ययन गर्न पाउनुपर्ने अधिकार रहेको बताएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

No comments